काठमाडौं । दोश्रो गोदावरी मेयरकप फुटबल प्रतियोगिता २०८२ मा चन्द्रागिरि नगरपालिकाले कागेश्वरी मनहरा नगरपालिका माथी शानदार जित हासील गरेको छ ।
बिहीबार भएको खेलमा चन्द्रागिरिले कागेश्वरी मनहरालाई ४–० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफको १९ औं मिनेटमा चन्द्रागिरिका कप्तान अविरल रिजालले पहिलो गोल गरे । खेलको दोश्रो हाफको दूइ मिनेटमा चन्द्रागिरिका जर्सि नम्बर ११ का सायर श्रेष्ठले दोश्रो गोल गरे । दोश्रो हाफको ११ औं मिनेटमा चन्द्रागिरिले पाएको कर्नर बललाई कप्तान अविरल रिजालले हेड मार्फत गोल गरे साथै ३४ औं मिनेटमा थप गोल गर्दै चन्द्रागिरिलाई कागेश्वरी मनहरामाथी ४–० को गोल अन्तरले जित दिलाए । कप्तान रिजालले पहिलो खेलमा ह्याट्रिक समेत गरे । अविरल रिजाल आजको खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडि रमेश बुढाथोकी चन्द्रागिरि फुटबल टिमको प्रशिक्षक हुन । प्रतियोगितामा चन्द्रागिरि नगरपालिका सहित १३ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय