काठमाडौं । थानकोट–चित्लाङ सडक आजबाट ३ दिन सवारी आवागमन बन्द गरिएको छ ।
सडक निर्माण सुधार कार्य भइरहेकोले सवारी आवागमन पुर्णरुपमा बन्द गरिएको हो ।सडक डिभिजन कार्यालय काठमाडौंले सुचना जारी गर्दै थानकोट–चित्लाङ सडकको पानीघाट देखि चन्द्रागिरी भन्ज्याङ्ग खण्डको २–९०० देखि ४००० सम्म असफाल्ट कंक्रीट (कालोपत्रे) कार्य हुन गइरहेको हुंदा मिति २०८२।०१।२५ देखि २०८२।०१।२७ सम्म सो सडक खण्डमा पूर्ण रुपमा सवारी आवागमन बन्द हुने जानकारी दिएको हो कार्यालयले सो दिनमा बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

