काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगलले जग्गा हालसाविकको लागि सुचना जारी गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० साविक सतुंगल गाउ विकास समिति वडा नं. ४ (क) (ख) र ५(क ख) का जग्गाहरुको हाल साविक हुने भएको हो । ओम मछिन्द्र ईटा उद्योगले उपभोग गरेको जग्गाहरुका जग्गा धनिहरुले तपशिलमा उल्लेख भए बमोजिमका कागजपत्र थप अन्य प्रमाणहरु लिई पुनः नापी वमोजिमको जग्गा दर्ता गर्नका लागि १० नं वडा कार्यालयमा यथाशिघ्र सम्पर्क गर्नु हुन माथि उल्लेखित भएका साविक वडाका जग्गाधनिहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ वडाले जारी गरेको सुचनामा उल्लेख छ ।

हाल साविकका लागि जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपि,हालै तिरो तिरेको रसिदको प्रतिलिपि,नागरिकताको फोटोकपी र नक्सा प्रिन्ट पेश गर्न वडाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय