काठमाडौं ।चन्द्रागिरिमा चौँथाें चन्द्रागिरि नगर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी तथा उपप्रमुख बसन्ती श्रेष्ठले शनिबार ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गरेका हुन ।प्रतियोगितामा अन्तर नगरपालिका (चन्द्रागिरि,कीर्तिपुर र दक्षिणकाली) स्तरिय खुलला पुरुष डबल्स,भेट्रान्स,महिला तथा चन्द्रागिरि नगर स्तरिय “बी” समुह पुरुष डबल्स बिधाका खेल संचालन हुनेछन । चन्द्रागिरि नगरपालिकाको सहयोगमा वडा नम्बर ७ स्थित चन्द्रागिरि विकास मञ्चद्वारा आयोजित प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका खेलाडीहरू सहभागि रहेका छन । महांकाल ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको प्रतियोगितामा अन्तर नगरपालिका कपमा पुरुष डबल्समा १६ र महिला टिममा १८ टिमले सहभागीता रहेको छ ।चन्द्रागिरि नगरस्तरीय “बी” डिभिजनमा भने ३२ टिमले प्रतियोगितामा भाग लिएका छन ।प्रतियोगिताको पुरुष डबल्समा प्रथम हुने टिमले २० हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुने टीमले ५ हजार नगद पुरस्कार र ट्रफी पाउनेछन । त्यस्तै, महिला डबल्समा प्रथम हुनेले १० हजार, दोश्रो हुनेले ७ हजार र तेश्रो हुने टीमले ४ हजार नगर र ट्रफी पुरस्कार पाउनेछन ।
चन्द्रागिरि नगरपालिका स्तरीय “बी” डिभिजन प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनले ५ हजार नगद र ट्रफी पुरस्कार पाउने छन ।प्रतियोगिता बैशाख २९ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय