काठमाडौं । पूर्वी चीनको एक रासायनिक प्लान्टमा मंगलबार भएको ठूलो विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ र अन्य छ जना बेपत्ता छन् ।
शानडोङ प्रान्तको गाओमी शहरमा रहेको शानडोङ युदाओ केमिकलको कार्यशालामा यो घटना भएको थियो । यसले विस्फोटको कारण बताएको छैन । थप १९ जनालाई सामान्य चोटपटक लागेको छ । अगस्ट २०१९ मा स्थापित, शान्डोङ युदाओ केमिकलले गाओमी रेन्हे केमिकल पार्कमा ४६ हेक्टरभन्दा बढी जमिन ओगटेको छ र कम्पनीको वेबसाइटका अनुसार ३ सय भन्दा बढीले रोजगारी पाएका छन । यसले कीटनाशक, औषधि र रासायनिक मध्यवर्ती पदार्थहरू विकास, उत्पादन र बिक्री गर्दछ ।
अन्तराष्ट्रिय संचार माध्यमले जनाए अनुसार विस्फोटले नजिकैका भवनहरूमा क्षति पु-यायको र उद्धार कार्य सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय