(यो भिडियोका दृष्यहरु चन्द्रागिरि –४ निवासी प्रकाश गोपालीले छायाँङ्कन गरेका हुन )
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाती,पारस शाहका छोरा हृदयन्द्र शाहले जुम्ला भ्रमणको भिडियो बनाएर फेसबुकमा सार्वजनिक गरेका छन्।
उक्त भिडियोमार्फत उनले जुम्लाको सम्भावनालाई विश्वसामु चिनाउने प्रयास गरेका छन् ।जुम्लाका प्रसिद्ध सामाग्रीहरुलाई भिडियोमा समावेश गरेर उनले जुम्लाको संम्भाव्यताको समेत चित्रण गरेका हुन । जुम्लाको मार्सी धान, जुम्लाको स्याउ,कर्णाली प्रविधिक बिद्यालय,कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान,जुम्लाको संस्कृती ,सभ्यता लगायतका बिषयबस्तु भिडियोमा समावेश गरिएको छ ।उनले त्यहाँको स्याउ खेती, कफिसप खोलेर बसेका स्थानीय युवा, वृद्धवृद्धा, कर्णाली शिक्षालयका विद्यार्थीदेखि स्थानीय युवाहरूसँग भेट पनि गरे ।सो क्रममा स्थानीय युवती पञ्चकली बुढाले हृदयन्द्रलाई सोध्छिन्, ‘हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला ?’जवाफमा हृदयन्द्र भन्छन्, ‘मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रो चल्यो भने त अब हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्यो । आँट गर्नुपर्यो । हुन्छ होला ।’
यो भिडियोका दृष्यहरु चन्द्रागिरि –४ थानकोट निवासी प्रकाश गोपालीले छायाँङ्कन गरेका हुन।गोपालीले यस अघि नेपथ्य ब्याण्डले बनाएको कर्नालीका छाइलापनि छायाँङ्कन गरिसकेका छन । निक्कै मनमोहक दृष्य रहेको यस भिडियो बिषयगत रुपमा जति गहकिलो छ त्यतिनै दृष्यको गाम्भिर्यता पनि ।यो भिडियो छायाँकन र Post production , Sajha Katha टिमले गरेको हो । गोपाली Sajha Katha मा आबद्ध छन ।

