काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएका प्रदेश प्रमुख देवकोटा आईतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी हस्पिटलबाट डिस्चार्ज भएर ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा छन् ।देवकोटा स्वास्थ्यमा समस्या आएपछि साउन १५ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनी अचानक बिरामी परेपछि बागमती प्रदेशका तीन मन्त्रीको सपथ समेत रोकिएको थियो ।प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना भएकै कारण बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज राजीनामा बुझाएनन् ।
आइतबार साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनबाट राजीनामा घोषणा लगत्तै लामा प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।प्रदेश प्रमुख कार्यालय बन्द भएपछि उनले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं हिँडेका हुन । प्रदेश प्रमुख कार्यालयमा उनको राजीनामा पत्र सचिवालयले भोलि सोमबार मात्रै दर्ताको लागि प्रक्रिया अगाडि बढाउने भएको छ ।
मुख्यमन्त्रीबाट लामाले राजीनामा दिएसँगै बागमती सरकारको नेतृत्वमा कांग्रेसबाटै दलको नेतामा भर्खरै चयन भएका इन्द्रबहादुर बानियाँले सत्ता साझेदार दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने तयारी छ ।बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय