काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् ।
आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको प्रचण्डको भनाइ छ ।आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हाम्रो संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन ।’पहिला प्रधानमन्त्री ओलीकै सहमतिमा विद्यालाई पार्टी सदस्यता दिइएको बताउँदै उनले चीन भ्रमणपछि भने विवाद देखिएको बताए ।
‘विद्याजी जो अहिले सक्रिय राजनीतिमा आउन चाहनु भएको छ, त्यो सदस्यता नवीकरण त्यो पार्टीको नेतृत्व केपी ओलीजीकै सहमतिमा भएको हो भन्ने कुरा पनि अब त छर्लङ्ग भएको छ,’ उनले भने, ‘चीन भ्रमण ओलीकै सहमतिले भएको हो, भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरुको बिचमा पहिला चलेको हो, तर पछि चीन भ्रमणबाट आएपछि सायद के भयो उहाँहरुको, त्यहाँ म जान चाहन्नँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर