काठमाडौं । मालपोत कार्यालय कलंकीले सेवा सुचारु गर्ने तयारी गरेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयमा तोडफोड र आगजनी भएसंगै सेवा अवरुद्ध भएको थियो ।आगजनीबाट कार्यलयमा रहेको तामेली शाखा बाहेकका अन्य शाखाका सम्पुर्ण सामाग्री नष्ट भएको हो ।कार्यालय भवनका कोठाहरु सरसफाई र नयाँ पार्टेसनका कार्यका साथै अनलाइन प्रणालीका आवश्यक कार्यहरु भइरहेको छ । संभवत सोमबारबाट कार्यालयले सेवा संचालन गर्ने तयारी गरिरहेको छ ।कार्यालयले सुचना जारी गर्दै भनेको छ– जेन जी आन्दोलनका क्रममा यस कार्यालयमा आगजनी भई अभिलेखहरु नष्ट भई पूर्ण क्षति भए पश्चात कार्यालयको भौतिक संरचना पुनः निर्माण भइरहेको तथा अनलाइन प्रणाली जडानकार्य भइरहेको हुदाँ कार्यालयको सेवा हाल स्थगीतनै रहेको र यथासक्य छिटो सेवा प्रवाह संचालनमा आउने व्यहोरा जानकारी गराइन्छ । कार्यालयको सेवा प्रवाह संचालन भए पश्चात श्रेष्ता कायम र दैनिक सेवा प्रवाह संचालन हुने व्यहोरा जानकारी गराइन्छ ।


(चन्द्रागिरि मेट्रोको टिम कलंकी मालपोत कार्यालय पुग्दा जे देखियो)

https://www.facebook.com/share/v/1Cg8SuVC2B/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय