काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कलंकी मालपोत कार्यालयलाई १५ लाख रुपैयाँ बराबरको कम्प्युटर लगायतका सामाग्री सहयोग गर्न लागेको हो ।

नगरपालिकाले मालपोत कार्यालय कलंकीलाई १० थान कम्प्युटर,६ थान प्रीन्टर,१० थान अफिस टेबल र ५ थान स्टिल दराज सहयोग गर्न लागेको हो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालय कलंकीमा तोडफोड र आगजनी भएसंगै अभिलेखहरु नष्ट भई पूर्ण क्षति भएको छ भने कार्यालयको भौतिक संरचना तथा अनलाइन प्रणालीमा समेत क्षति पुगेको छ । आगजनीबाट कार्यलयमा रहेको तामेली शाखा बाहेकका अन्य शाखाका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको हो ।सेवा सुचारु गर्ने तयारीमा रहेको मालपोत कार्यालय कलंकीले श्रेष्ता कायम गर्नका लागि सुचना जारी गरिसकेको छ ।

कार्यालयको भुँई तल्ला सहित पहिलो तल्ला जोखिम रहेको प्राविधिकहरुले प्रमाणीत गरेका छन ।दोश्रो, तेश्रो र चौथो तल्ला बाट अत्यावश्यक रोक्का, फुकुवाको सेवा मात्र संचालन सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय