काठमाडौं । चन्द्रागिरि नगरपालिकाको विनयोजन ऐन, २०८२ सार्वजनिक भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को निमित्त नगर कार्यपालिका,वडा समिति,विषयगत शाखाले चालु खर्च र पूँजीगत खर्च गरि २ अर्ब ९३ करोड ४६ लाख मा नबढाई नगरपालिकाको संञ्चित कोषबाट खर्च गर्ने प्रयोजनका लागि बनेको विनयोजन ऐन, २०८२ सार्वजनिक भएको हो ।नगरपालिकाले शिक्षा,स्वास्थ कृषि,पर्यटन,भौतिक पूर्वाधार,यातायात पूर्वाधार,खानेपानी तथा सरसफाई,सम्पदा पूर्वाधार,भाषा तथा संस्कृति लगायतका बिषयमा बजेट खर्च गर्ने छ । त्यस्तै नगर क्षेत्रका मुख्य सडकमा सिसिटिभि जडानका लागि १ करोड,उज्जयालो चन्द्रागिरि अभियान अन्गरर्गत बत्ती जडानका लागि १ करोड,जिपिएस जिआईएस सिस्टम र डिजिटल हाउस नम्बरिङ्गका लागि २ करोड बजेट खर्च गर्न सक्नेछ । चन्द्रागिरि नगरपालिकाका १ देखि १५ वटै वडाका लागि बिभिन्न शिर्षकमा बजेट खर्च गर्न सकिने छ । कुन वडामा केके योजनाका लागि कति बजेट पर्यो त?

कुन वडा र कुन शिर्षकमाकति बजेट हेर्नुहोस सुचि

https://www.chandragirimun.gov.np/sites/chandragirimun.gov.np/files/Biniyojan%20All.pdf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय