काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ३ महिनामा १० करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
आर्थिक बर्ष २०८२/८३ को असोज महिनाको ३० गते सम्म १० करोड७४ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको हो । राजश्वका बिभिन्न शिर्षक मध्य सबैभन्दा बढी घर बहाल कर संकलन भएको हो ।उक्त शिर्षकमा ३ महिनामा ३ करोड ३६ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै सम्पति करमा ३ करोड २५ लाख ८२ हजार र व्यवसाय कर अन्तरर्गत १ करोड ६० लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । साथै नक्शा पास दस्तुर ९७ लाख ६९ हजार,भुमि तथा मालपोत कर ४३ लाख ३६ हजार ,सिफारिस दस्तुर ६७ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन भएको हो । २ लाख ८ हजार रुपैयाँ दण्ड जरिवाना शिर्षकमा, अन्य प्रशासनिक सेवा शुल्क अन्तरर्गत १ लाख १२ हजार, जग्गा बहाल कर ३६ लाख १७ हजार रुपैयाँ समेत राजश्व संकलन भएको हो । नगरपालिकाले बिभिन्न १८ शिर्षकमा राजश्व संकलन गरेको हो ।नगरपालिकाले २०८२ श्रावण १ गते देखि यस आर्थिक बर्षको राजश्व संकलन सुरु गरेको थियो ।
नगरपालिकाले असोज मसान्त सम्म कर बुझाउने करदाताहरुलाई २५ प्रतिशतको छुट दिएको छ । यो समय सिमा शुक्रबारबाट समाप्त हुदै छ ।

