काठमाडौं । ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २ सय वटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएका सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही हुनेछ ।जेन जी आन्दोलनकाक्रममा भदौ २४ गते यस्ता चर्का आवाज निकाल्ने मोटरसाइकल परिचालित भएका थिए ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा २०० वटा ठुलो आवाज निकाल्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको होे ।
ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारी साधन नचलाउन काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

