काठमाडौं । चन्द्रागिरिका किसान धान भित्र्याउन व्यस्त छन् ।

महान चाड दसैँ तिहार सक्किय लग्गतै धान पाकेकाले किसानले धमाधम धान भित्र्याउन थालेका हुन् । नियमित घाम लागेको र मौसम अनुकुल रहेकाले धान काट्न र बाली भित्र्याउन सहज भएको छ । त्यसोत चन्द्रागिरि नगर क्षेत्रमा बढदो शहरीकरण र आवासिय घरहरुको संख्या बृद्धि हुदाँ खेतियोग्य जमिनको अभाव रहेको यस क्षेत्रमा बचे–खुचेका खेतमा लगाइएका धानबाली भित्र्याईएको हो । चन्द्रागिरि नगर क्षेत्रको बलम्वु,दहचोक,सतुंगत,नैकाप,थानकोट लगायतका क्षेत्रका केहि स्थानमा कृषकहरु बाली भित्र्याउन व्यस्त देखिन्छन ।

केहि दशक अगाडि पहेलपुर धान देखिने नगर क्षेत्रमा बिगत २ दशकमा खेति योग्य जमिनमा करिव ३० हजारको संख्यामा घरहरु बनेकाछन । अहिले नगर क्षेत्रमा धान खेति दुर्लव हुदै गएता पनि केहि स्थानमा भने सानो संख्यामा धान खेति हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय