काठमाडौं । चन्द्रागिरि नगरक्षेत्रको प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा थप २ जना पक्राउ परेका छन ।

गत भदौ २४ गते जेन–जि आन्दोलनका नाममा प्रहरी प्रभाग बलम्बु काठमाडौंको कार्यालय भवन तोडफोड तथा सवारी साधनमा आगजनी गरी क्षति पु-याएको आरोपमा चन्द्रागिरि–८ मातातिर्थ बस्ने ४६ बर्षिय मन्दिप रिजाललाइ आइतबार पक्राउ गरिएको हो । घटनाको अनुसन्धान गर्दै जाँदा भिडियो तथा फोटोहरुको आधारमा उक्त दिन प्रहरी प्रभाग बलम्बुको  गाडि, कार्यालयबाट बाहिर लगी आगो लगाई जलाई पुर्ण रुपमा नष्ट गर्ने कार्यमा उनको सहभागिता देखिएको प्रहरीले जानकारी दिएको हो ।
साथै, गत भदौ २४ गते जेन–जि आनदोलनका क्रममा प्रहरी वृत्त थानकोटको संरचना तथा सवारी साधन तोडफोड तथा आगजनी गरेको आरोपमा महोत्तरी सोनुवा घर भई हाल चन्द्रागिरि –३ मंगोलदय मार्ग बस्ने ३३ बर्षिय छोटानी अन्सारीलाइ आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले आन्दोलनको आडमा आगजनी तथा तोडफोडमा संलग्न भएका तत्काल नाम थर वतन नखुलेका केही मानिसहरुको समुहको फोटो भिडियोको आधारमा पहीचान गरी खोजतलास गर्ने क्रममा तिब्रता दिएको छ ।यसै क्रममा चन्द्रागिरि नगर क्षेत्रमा रहेको प्रहरी चौकीमा आगजनी र तोडफोड गरेको आरोपमा आहिले सम्म ७ जना पक्राउ परिसकेकाछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय