काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार चन्द्रागिरि नगर पालिकामा जनप्रदर्शन भएको हो ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले नैकापचोक देखि गुरुजुधारा सम्म पैदल र्र्याली गरेको हो । र्यालीमा सहभागीले एमालेको झण्डासहित जनप्रदर्शन गरेका थिए । नेकपा एमाले जिन्दावाद,बिघठित प्रतिनिधीसभा पुर्नस्थापना गर,सामाजिक सदभाव कायम गर, चुच्चे नक्सा कायम गरौ लगायतका प्लेकार्डहरु बोकेका थिए। र्याली गुरुजुधारा चोकमा पुगी कोण सभामा परिणत भएको हो ।

कोणसभामा नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउत,बागमती प्रदेश कमिटी सल्लाहाकार परिषदका संयोजक रामशरण आले,केन्द्रिय सदस्य एवं चन्द्रागिरि नगर संयोजक सर्मिला कार्की लगायतले सम्बोधन गरे ।

प्रतिगामी षडयन्त्रविरुद्ध भन्दै एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम गरेको हो । यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् । भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमालेले जनाएको छ ।आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।

