काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विनियोजन ऐन २०८२ मा उल्लेख भएका योजना सम्झौता गर्न थालेको हो ।
चालु आर्थिक बर्ष २०८२/८३ को चार महिना बित्नैलाग्दा समेत कुनै योजना सम्झौता नगरेको नगरपालिकाले पाचौ महिनाको सुरुवात संगै योजना सम्झौता गर्ने भएको हो । योजना सम्झौता गर्ने स्पष्ट निर्देशन नहुदाँ नगरपालिकाका वडाहरुमा योजना सम्झौताका फाइलहरु थुप्रर्न थालेका थिए ।योजना सम्झौता नहुँदा बिभिन्न टिका-टिप्पणी हुन थालेका थिए । गत कार्तिक २५ गते बसेको नगर कार्यपालिका बैठकले योजना सम्झौता गर्ने बिषयमा बृहत छलफल गरेको हो ,अब मंसिर ४ गते बस्ने कार्यपालिकाको अर्को बैठकले योजना सम्झौताका लागि सुचना प्रकाशन गर्ने निर्णय गर्ने श्रोतले जानकारी दियो । नगरपालिकाले चालु आर्थिक बर्षमा २ अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट बनाएको छ ।
नगरले पूजिगत तर्फ,आन्तरिक श्रोत अन्तर्रगतका ५० प्रतिशत योजना पौष मसान्त सम्म सम्झौता गर्ने लक्ष्य राखेको हो ।नगरपालिकाले चालु आर्थिक बर्षमा २ हजार ४ सय ५८ वटा कार्यक्रम तथा आयोजना गर्ने विनियोजन ऐनमा उल्लेख छ ।

