काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ ।
आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ । २०८२ साल मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताका लागि तोकिएकोमा हालसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ ओटा दलबाट निवेदन आएका छन ।आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरूको संख्या १३७ पुगेको छ ।नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरू माथिको कारबाही जारी रहेकोआयोगले जनाएको छ ।

साथै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन जम्मा १३ ओटा दलबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन प्राप्त भएको हो ।उक्त प्रयोजनका लागि मंसिर ७ गते सम्मको समय सिमा राखिएको थियो ।
प्रतिनिधिसभा निर्वाचन भने आगामी फागुन २१ गतेका लागि तय भएको छ ।

