काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ मा साप्ताहिक योग जागरण अभियान शुक्रबार सम्पन्न भएको हो ।

‘स्वास्थ्य नै जीवनको सबैभन्दा ठुलो धन’ भएको र दैनिक योग गरी स्वस्थ रहौ भन्ने जागरण गराउन अभियान संचालन भएको थियो ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ५को आयोजना र ૐ ऋषि योग साधना केन्द्रको सहकार्य भएको अभियानमा नियमित योग प्रशिक्षण,दैनिक भान्चामा प्रयोग हुने खाद्य्यान्नको स्वास्थ्य संगको समायोजन,आयुवेर्द,प्रकृतिक उपचार बिधी लगायतका बिषयमा जागरण गराइएको हो ।अभियानमा योग गुरु पुरुषोत्तम पाठकले योग प्रशिक्षण र गर्ने बिधी सहित प्रशिक्षण गराएका थिए भने बिषयगत प्रशिक्षकहरुको उपस्थितीमा अन्य प्रशिक्षण दिइएको थियो । वडाबासीको स्वास्थ्य प्रति गम्भिर रहेको चन्द्रागिरि –५ को वडा कार्यालयले साप्ताहिक योग जागरण अभियान सम्पन्न भए पनि नियमित योग भने निरञ्तर हुने जनाएको छ ।साप्ताहिक योग जागरण अभियानको अन्तिम दिन चन्द्रागिरि–५ का वडा सदस्य सरिता थापाले सहभागी हरु लाई सहभागिता को प्रमाणपत्र तथा विभिन्न योग केन्द्रका संयोजक र सहभागी बिषय बिज्ञ हरु लाई प्रसंसा पत्र वितरण गरेकी हुन ।नियमित योग अभ्यास अन्तरर्गत चन्द्रागिरि –५ स्थित त्रिशक्ति ब्यङ्ग्केट मा प्रत्येक दिन बिहान ४ः३० देखि ६ः३० सम्म दैनिक रुपमा निःशुल्क नियमित योग अभ्यास हुने गरेको छ ।योग अभ्यासमा सहभागी भइ शारिरिक तथा मानसिक स्वास्थ लाभ लिन वडाले सबैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय