काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रमा जारी छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ मा १३८ पदकको नतिजा प्राप्त भएको छ ।

कबड्डी र मार्शल आर्ट बिधाकासम्पुर्ण खेल सकिएका छनभने एथ्लेटिक्स र भलिबलका खेल जारी छन ।कुल ५४ स्वर्ण,५४ रजत र ८० कास्य पदकका लागि भइरहेको प्रतियोगितामा ३९ स्वर्ण,३८ रजत र ६१ कास्य पदक गरि १३८ पदको नतिजा प्राप्त भएको हो । प्रतियोगितामा सहभागि चन्द्रागिरि नगरक्षेत्रका संस्थागत र सामुदायीक गरि ४७ वटै बिद्यालय मध्ये २० वटा बिद्यालयले ले कुनै न कुनै बिधामा स्वर्ण पदक जितेका छन भने १७ बिद्यालय अहिलेसम्म पदक बिहिन छन । चन्द्रागिरि –८मा रहेको ब्राइट होराइजन चिल्ड्रेन्स होम ७ स्वर्ण,२ रजत र ३ कास्य पदक सहित अंक तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै नारायणजन माध्यामीक बिद्यालय ५ स्वर्ण,४ रजत र १ कास्य पदक सहित दोश्रो स्थानमा रहेको छ ।

जारी प्रतियोगितामा आज एथ्लेटिक्स तर्फका खेलको नतिजा आउने अपेक्षा गरिएको छ । भलिबल तर्फका खेलहरु पनि जारी रहनेछन । प्रतियोगिताको अन्तिम नतिजा भने मंसिर २७ गते आउने चन्द्रागिरि नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय