काठमाडौं ।२०७९ सालमा भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा काठमाडौं –९ मा झिनो मतले पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका टेक बहादुर पोखरेल आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधी सभा सदस्य निर्वाचन रास्वपाबाट समानुपातिक संसदमा उम्मेदवारी दिएका हुन ।
गत निर्वाचनमा काठमाडौं –९ बाट नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले ११ हजार ९सय ५६ मत पाउदा पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त गरेका थिए । आगामी निर्वाचनमा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले काठमाडौं –९मा आकांक्षा राख्दा पोखरेलले समानुपातिकमा पार्टी भित्रै उम्मेदवारी दिएको बताइएको छ ।२०७९ सालको संसदीय निर्वाचनमा मतदाताको अपार माया पाउन सफल भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर पोखरेल प्राविधिक रुपमा सो चुनावमा पराजित भए । तर, राष्ट्रिय राजनीतिम उनले पाएको मत आजपनि चर्चामा छ, अझ दशकौंसम्म स्मरण भइरहनेछ । रास्वपा भित्र र अन्य पार्टी वृत्तमा ।उक्त चुनावी नतिजा पश्चात उनले रास्वपाको केन्द्रीय गुनासो व्यवस्थापन उपप्रमुखको जिम्मेवारी पाए ।सो क्रममा उनले जनसरोकारका विषयमा गहिरो विश्लेषण, समाधानको संयोजन र पारदर्शी प्रणालीको अभ्यास गर्दै रास्वपा पार्टी र जनताबीचको संवाद सशक्त बनाउन खेलेको भूमिकाको मूल्यांकन गर्दै पार्टीले हाल उनलाई केन्द्रीय स्रोत व्यवस्थापन विभागमा उपप्रमुखको जिम्मेवारी दिएको छ ।उक्त विभागलाई चलायमान बनाउन विभाग प्रमुखसँग अहिले पोखरेलले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।
२०४९ सालदेखी २०५९ सालसम्म लगातार १० वर्ष निर्वाचित स्थानीय जनप्रतिनिधि चुनिएका उनले नीतिगत कागजात तयारी, नीति कार्यान्वयन तथा अनुगमत कार्यका लागि आवश्यक आधारभूत ज्ञान यथेष्ठ पाइसकेका छन् ।जसले उनलाई नागरिक, कार्यपालिका र पार्टी राजनीतिबीचको कार्य सन्तुलन कायम गर्न थप सक्षम बनाएको छ ।जनताको हक अधिकार र न्यायको पक्षमा सतिसाल झैं उभिएका पोखरेल समावेशी र उत्तरदायी राजनीतिक संस्कारमा विश्वास राख्दछन् ।रास्वपाको मूल विचार र सिद्धान्तप्रति उनको प्रष्ट धारणा छ ।रास्वपाको स्थापनाकालदेखि नै विभिन्न अभियान, संगठन विस्तार र जनसम्पर्कमा निरन्तर सक्रिय पोखरेल वडा देखी संघसम्मको संरचना निर्माण, व्यवस्थापन र गतिशिलताका लागि कटिबद्ध छन् ।सहकार्य, संवाद् र संगठननिर्माणमा सक्षम कहलिएका पोखरेल विचार निर्माणदेखी नीति निर्माणसम्मको भूमिकाका लागि पार्टी पंक्तिमा सदैव खोजीको सूचीमा पर्दै आएका छन् ।
https://www.facebook.com/share/v/1BzP3d9CSY/
पार्टीको दीर्घकालीन रणनीति, सांगठनिक सुदृढीकरण र नयाँ पुस्ताको राजनीतिक प्रशिक्षणमा उनी निरन्तर निखारिँदै गएका छन् । रास्वपाको मूल्य–मान्यता, जवाफदेहीता र नविन नेतृत्वको बाटोमा उनी पार्टी स्थापना कालदेखी नै समर्पित भएर लाग्दै आएका छन् । पार्टीमा निरन्तर अनुशासित र दीर्घकालीन सोचका साथ काम गरिरहेको अनुभव र २०७९ सालको संघीय संसदको चुनावमा मतदाताबाट पाएको अविश्वसनीय मायाको उपजलाई थप संस्थागत गर्दै उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा खस आर्य क्लष्टरबाट उम्मेदवारी दिने निधो गरेका छन् ।
प्रत्यक्षतर्फ जित सुनिश्चित जस्तै भएको माहोलबीच उनले समानुपातिक निर्वाचनमा उम्मेदवारी दिँदै काठमाडौंमा रास्वपाको विजयको झण्डा फहराउन निरन्तर घरदैलोमा खटिएका छन् ।

