काठमाडौं । महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो १७ औं स्थापना दिवश शनिबार मनाएको हो ।

दिवशका अवशरमा समितिले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५० पाउण्ड रगत संकलन भएको हो ।चन्द्रागिरि मेट्रो संग कुराकानी गर्दै समितिका अध्यक्ष एल बहादुर महर्जनले संस्था स्थापनाका सुरुवाती दिनमा निक्कै कष्टका साथ स्थानीयमा खानेपानीको पहुँच पुर्याइएको स्मरण गरे । उनले,अहिले संस्थाको प्रगतीमा केही तत्वले बक्रदृष्टी लगाउने गरेको भन्दै अक्रोस व्यक्त गरे ।उनले बिकल्प बिनाको भ्रम छर्न उक्त तत्व लालाइत भएको भन्दै सुनियोजित षडयन्त्र हुन थालेको प्रति संस्था सचेत रहेको पनि बताए ।खानेपानीमा राजनिति नगर्न र कुदृष्टि नलगाउन समेत उनले चेतावनी दिए ।पानीको सुनिश्चितता दिन सक्ने व्यवहारीक योजना सहित आएमा स्थानिय सरकारलाई हस्तान्तरण गर्न तयार रहेको पनि उनले बताए ।

समिति सचिव माधव प्रसाद रेग्मीले पानीमाथी गरिने राजनिति सह्य नहुने बताउदै खानेपानी व्यवस्थापन र वितरणमा अबरोध पुर्याउनेलाई पाप लाग्ने बताए । समितिले,साविक महादेवस्थान गाऊ विकास समिति हाल चन्द्रागिरि नगरपालिका वडा नम्बर ५,६ र ७ मा ४ हजार ८ सय भन्दा बढी धारा वितरण गरि स्थानीयमा खानेपानीको पहुँच पुर्यायको छ । खानेपानीका प्रकृतिक मुहान सुक्दै गएपछि हाल समिति संग १० वटा डिप बोरिङ्ग रहेको छ भने २५ लाख लिटर क्षमतामा ७ वटा पानी ट्याङ्की रहेका छन । समितिले अहिलेसम्म ६९ किलोमिटर पाइपलाइन बिस्तार गरि खानेपानी वितरण गर्दै आएको छ ।

https://www.facebook.com/share/v/1By8hxJFAp/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय