काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित कोतघर परिसरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सुरु भएको हो ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले शनिबार एक कार्यक्रमका बिच केन्द्रको उद्घाटन गरेका हुन । नगरप्रमुख गिरीले,संयुक्त परिवारबाट समाज, एकल परिवारमा रुपान्तरित भइरहेको आजको समयमा जेष्ठ नागरिकको जिवन एकांकी जिवनमा परिणत हुदै गइरहेको अवस्थामा जेष्ठ नागरिकहरुले आफ्ना दौतरीहरु एकै ठाउमा जम्मा भएर रमाइलो गर्न सक्ने वातावरण श्रृजना गर्ने उद्देश्यले जेष्ठ नागरिक दिवा सेवा केन्द्रको अवधारण ल्याइएको बताए ।नगर क्षेत्रमा १५ हजार भन्दा बढी जेष्ठ नागरिकहरुले सेवा केन्द्रबाट सुविधा लिएको जानकारी दिए । नगरपालिकाले ६० बर्ष भन्दा बढीका बा/आमालाई सुगर प्रेसरको औषधीकालागि नगद रकम उपलब्ध गराइएको र जेष्ठ नागरिकको योगदानको कदर गर्ने उद्देश्य नगरपालिकाको रहेको बताए ।

नगर प्रवक्ता एवं चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले बिबिध कारणले केन्द्र ढिलागरि संचालनमा आएको बताउदै असल अभ्यामा सबैको साथ र सहयोग रहने अपेक्षा गरे । वडा कमिटि जेष्ठ नागरिकको सेवाका लागि सदैव तत्पर रहेको र कुनै थप सेवा सुबिधा आवश्यक परे वडा कमिटि सदैव साथमा रहेको विश्वास दिलाए ।

नगरपालिका सामाजिक विकास समिति प्रमुख रश्मी श्रेष्ठले नगर क्षेत्रमा अहिलेसम्म १८ वटा दिवा सेवा केन्द्र संचालनमा रहेको बताउदै वडा नम्बर ३, १५ र १३ मा पनि छिट्टै नियमित दिवासेवा केन्द्र संचालनमा ल्याइने बताइन । उनले जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन कार्यबिधी ,संचालनार्थ गर्नुपर्ने कार्यक्रम लगायतका बिषयमा जानकारी समेत दिइन । चन्द्रगिरि नगरपालिकाले जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालनका लागि १५ वटै वडामा प्रति वडा ८ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।

https://www.facebook.com/share/v/1GVUQpeWgm/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय