काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रको राजमार्गमा राखिएका सिसिक्यामरा संचालनमा आउने भएको छ ।
चन्द्रागिरि नगरपालिकाले सिसिक्यामरा संचालनार्थ फाइवर प्वईन्टहरुका लागि नेपाल टेलिकमलाई आग्रह गरेको हो ।टेलिकमले चन्द्रागिरि नगर क्षेत्र अन्तर्गत कलंकी देखि नागढुंङ्गा सम्मको सडक क्षेत्रमा क्यामरा सुचारु गर्न फाइवर प्वईन्टहरु उपलब्ध गराउन शनिबारदेखि कार्य सुरु गरेको हो ।
अहिले ३० वटा प्वइन्टका लागि कार्य भइरहेको र ६४ वटा सिसिक्यामरा संचालन गर्ने उद्देश्य रहेको छ ।सुरुमा पहिला जडान भएका क्यामराको मर्मत गरिने र संचालन हुन नसक्ने क्यामराहरुमा पुन जडान गरिने छ । प्रहरी बृत्त थानकोटमा क्यामरा सर्वर राखिईसकेको र सोही कनेक्टीभिटीबाट प्रहरी प्रभाग बलम्वुमा पनि जडान गरिने छ ।
गत शनिबारबाट सुरु भएको सिसिक्यामराको कार्य आउदो माघ १५ गते भित्र सम्पन्न गरिने बताईएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नगरक्षेत्रका सिसिक्यामरामा क्षति पुगेको थियो भने सर्वर र डिस्प्ले पूर्ण रुपमा ध्वस्त भएका थिए ।

सिसि क्यामराको अभावमा सुरक्षा चुनौति थपिएको थियो ।करिव ५ महिना पछि सिसिक्यामरा पुनःसंचालनमा आउन लागेको हो ।

