काठमाडौं । चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको एक स्थानका काठमाडौं क्षेत्र नम्बर ९ को निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
कार्यालयको स्थापना गर्दै प्रमुख निर्वाचन अधिकृत मनुका घिमिरेले जनताको सार्वभौम अधिकार प्रयोग हुने यो अवसरमा निश्पक्ष स्वतन्त्र र विश्वसनिय निर्वाचन सम्पन्न गराउने सबैको साझा दायीत्व भएको बताइन । उनले कार्यालय मार्फत निर्वाचन सम्बन्धी सम्पुर्ण कार्यहरु कानुनको पूर्ण पालना गर्दै पारदर्शी तवरले संचालन गरिने प्रतिबद्धता व्यक्त गरिन ।उनले भनिन “निर्वाचन अधिकृतका रुपमा म सबै राजनितिक दल,उम्मेद्वार र मतदाता प्रति समान व्यबहार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । राजनितिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्दै मर्यादित र शान्तिपूर्ण प्रतिष्पर्धामा सहभागी हुन अनुरोध गर्दछु साथै निर्भीग र स्वतन्त्र रुपमा आफ्नो मताधिकार प्रयोग गर्न अपिल गर्दछु ।”
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा कुल ७८ हजार ४ सय ९५ मतदाता रहेका छन ।काठमाडौ महानगरपालिकाको वडा नम्बर १२,१४,२१ र २२ गरि ४,त्यस्तै चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १,१२,१३,१४ र १५ गरि पाँच वडा र नागार्जुन नगरपालिकाको वडा नम्बर ६,७,८,९ र १० गरि ५ वडा यस क्षेत्रमा पर्दछ । यस क्षेत्रमा ३४ वटा मतदान स्थल रहनेछन भने ९० मतदान केन्द्र रहनेछ ।
प्रतिनिधी सभाको आसन्न फागुन २१ गतेको निर्वाचन सम्पन्न गरि निर्वाचन आयोगमा प्रतिवेदन पेश गर्ने समय सम्म कार्यालय रहने छ । कार्यालयमा उपसचिव,शाखाअधिकृत,कम्प्युटर अपरेटर लगायत ७ जनाको दरवन्दी रहेको छ ।
https://www.facebook.com/share/v/19Sht89rQQ/

