काठमाडौंं ।फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीको तालिम सुरु भएको हो ।
चन्द्रागिरि नगर क्षेत्रमा प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्वुले तालिम संचालन गरेका हुन । प्रहरी बृत्त थानकोट अन्तर्रगत शहिद स्मारक प्रतिष्ठान (त्रिभुवनपार्क)मा र प्रहरी प्रभाग बलम्वु अन्तर्रगत मातातीर्थ खेल मैदानमा तालिम संचालन भएको हो ।
मातातीर्थमा २७ महिला निर्वाचन प्रहरी र ७२ पुरुष निर्वाचन प्रहरी गरि ९९ जनाको तालिम भएको हो ।आईतबार बिहान ८ बजेबाट बिधिवत रुपमा तालिम सुरु भएको हो । तालिम आन्तरिक र वाह्य सेशन प्रणालीमा संचालन हुनेछ ।बिहान ७ बजे देखि ९ बजे सम्म शारिरीक साढे ११ बजे देखि १ बजेसम्म आन्तरिक कक्षा संचालन र साढे ४ बजेसम्म पुनःशारिरीक कक्षा संचालन हुने छ ।तालिम दुई हप्ता सम्म संचालन हुनेछ ।

