काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार छात्रवृत्ति सम्बन्धमा सूचना जारी गरेको हो ।
नगरपालिकामा स्थायी बसोबास भएका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाबाट रकम विनियोजन भएको हुँदा तिन वटा शिर्षकमा छात्रवृत्ति प्रदान गरिने सुचनामा उल्लेख छ । छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति, दलित उच्च शिक्षा छात्रवृत्ति र सामुदायिक विद्यालय तथा क्याम्पसमा कक्षा ११/१२ र उच्च शिक्षा छात्रवृत्ति शिर्षकमा विद्यार्थीहरुले निवेदन दिन सक्नेछन ।छात्रवृत्तिका लागि फागुन ६ गते सम्म निवेदन दिन सकिने छ ।
विद्यार्थीहरुले पत्रसाथ संलग्न आवेदन फाराम भरी तोकिएका कागजातहरु सहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नुपर्नेछ । आवेदनसाथ सम्बन्धित विद्यार्थीको नाममा खाता रहेको बैंकको नाम र खाता नं. संलग्न गर्नुपर्नेछ ।

