काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन् ।
चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका घिसिङले आज बिहान सञ्चाकर्मीसँगको भेटघाटमा भने, ‘देशको लिड गर्न हामी आएका छौं । अरु कसैलाई प्रधामन्त्री बनाउन आएका होइनौं । हामी नै यो देशमा परिवर्तन गर्नेछौं ।’ हिजो व्यक्ति र पार्टीलाई मत दिए पनि अब देशको समृद्धिका लागि मतदान गर्न उनले आह्वान गरे । जेनजी आन्दोलन पश्चात आएको नयाँ पार्टी उज्यालो नै रहेको बताउँदै नयाँलाई विश्वास गर्न गरेर काम गर्ने अवसर दिन आग्रह गरे ।
बुधबार जनकपुरधाम पुगेका उनीले आज बिहान जानकी मन्दिरमा पूजा–अर्चना गरे,लगत्तै जनकपुरको जनकचौकमा पत्रकार भेटघाट गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय