काठमाडौं । ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकाले ८३.८४ अंक प्राप्त गरी ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ । चन्द्रागिरि नगरपालिकाले कुल ६७.५९ अंक प्राप्त गरी काठमाडौं जिल्लामा दोश्रोे स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।काठमाडौंमा,नागार्जुन नगरपालिकाले कुल ७०.६३ अंक सहित प्रथम स्थानमा रहेको छ । ११ स्थानिय तह रहेको काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिकाको कार्यसम्पादन कमजोर देखिएको छ, काठमाडौं महानगरपालिकाले ४४.९७ अंक मात्र पाएको छ ।

८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक गाउँपालिका छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ सूचकमा स्थानीय तहको मूल्यांकन गरेको छ, जसमा बजेट सार्वजनिक गर्ने, राजस्व परिचालन र विद्यार्थी भर्ना दर समावेश छन्।
https://giwmscdntwo.gov.np/media/files/final%20marks%20LL%202082_frhmook.pdf

