काठमाडौं । चन्द्रागिरि नगरक्षेत्रका १ हजार ३ सय ६० किशोरीले एच.पि.भि. खोप लगाएका हुन ।
विद्यालय केन्द्रित एच.पि.भि. खोप अभियान गत माघ २७ गते देखि संचालन भईरहेको हो । नगर क्षेत्रमा ४६ खोप केन्द्रबाट एच.पि.भि. खोप सेवा सञ्चालन भइरहेकामा ४४ खोप केन्द्रबाट किशोरीहरुले खोप सेवा लिएका हुन । फरक/फरक खोप केन्द्रमा फरक/फरक मितिमा संचालन भइरहेको खोप सेवा बिद्यालयहरुमा सक्किएको हो । आज फागुन १ गते चन्द्रागिरि नगरपालिका अन्तर्गत १९ वटै स्वास्थ्यसंस्थामा खोप सेवा संचालन हुनेछ भने फागुन ४ र ५ गते प्राथमिक अस्पताल थानकोटमा खोप सेवा संचालन हुनेछ । कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरु लक्षित खोप सेवा सञ्चालन भएको हो । गत वर्ष संचालित एच.पि.भि. खोप अभियानमा खोप लगाउन छुटेका मध्य हाल ७ देखि १० कक्षामा अध्ययनरत छात्राहरु र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीहरुलाई खोप लगाइएको हो ।
नगरक्षेत्रका करिव १ हजार ४ सय ३४ किशोरीहरुले खोप लगाउने अपेक्षा राखिएको छ ।लक्षित समुहहरुले नजिकैको खोप केन्द्रमा गई एच.पि.भि. खोप लिनुहुन नगरपालिकाले सवैमा अनुरोध गरेको छ ।

