काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारी,अस्पतालका कर्मचारी,नगरप्रहरी र प्रविधिक सम्मिलित १२ जनाको फुटसल टिम आज धादिङ्ग प्रस्थान गरेको हो ।
दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ मा भाग लिन फुटसल टिम आज दिउसो धादिङ्ग गएको हो । कुल २६ टिम सहभागी उक्त प्रतियोगितामा चन्द्रागिरि समुह ‘सि’ मा परेको छ । उक्त समुहमा चन्द्रागिरि संगै गोर्खा र धादिङ्ग अस्पतालको टिम रहेको छ । नवराज बानियाको कप्तानीमा रहेको चन्द्रागिरिको टिमले भोली फागुन ६ गते दिउसो १२ बजे गोर्खा संग खेल्ने छ भने फागुन ७ गते बिहान पौने ८ बजे धादिङ्ग हस्पिटलसंग प्रतिष्पर्धा गर्ने छ ।
कुल ८ समुहमा खेलाइने उक्त प्रतियोगितामा प्रत्येक समुहबाट उच्च अंक प्राप्त गर्ने २ टिम प्री क्वाटर फाइनलमा प्रवेश गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय