काठमाडौं । चन्द्रागिरि नगरपालिका, दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगितामा दोश्रो चरणमा प्रवेश गरेको छ ।
समुह ’सि’ मा रहेको चन्द्रागिरि ४ अंक सहित दोश्रो चरणमा प्रवेश गरेको हो । आज बिहान भएको खेलमा चन्द्रागिरिले धादिङ्ग हस्पिटलसंग ४–४ गोलको बराबरी खेल खेले संगै थप १ अंक प्राप्त गरेको हो ।खेलको पहिलो हाफमा ४–० गोल अन्तरले पछि परेको चन्द्रागिरिले दोश्रो हाफमा भने गज्जवको ‘कमव्याक’ गरेको हो । दोश्रो हाफमा चन्द्रागिरिका राजन श्रेष्ठले २, सुशान्त महर्जन र मनिस खडकाले १/१ गोल गरे संगै खेल बराबरीमा सक्किएको हो । चन्द्रागिरिले बुधबार भएको खेलमा गोर्खालाई ८–३ गोल अन्तरले पराजित गर्दै ३ अंक जोडेको थियो । कुल ८ समुहमा खेलाइएको उक्त प्रतियोगितामा प्रत्येक समुहबाट उच्च अंक प्राप्त गर्ने २ टिम प्री क्वाटर फाइनलमा प्रवेश गर्नेछन ।
प्री क्वाटरमा प्रवेश गरेको चन्द्रागिरिको खेल भोली हुनेछ । खेलहरु जारी भएका कारण चन्द्रागिरि को संग खेल्ने हो भन्ने तय केही समय पछि हुनेछ ।चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारी,अस्पतालका कर्मचारी,नगरप्रहरी र प्रविधिक सम्मिलित १२ जनाको फुटसल टिम धादिङ्गमा जारी प्रतियोगितामा सहभागी भएको हो ।

