काठमाडौं । चन्द्रागिरि नगरपालिका, दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न प्री क्वाटर फाइनलमा चन्द्रागिरिले गोर्खाको आरुघाट गाउपालिकालाई ८–२ गोल अन्तरले पराजित गर्दै चन्द्रागिरि क्वाटर फाइनलमा प्रवेश गरेको हो । चन्द्रागिरिका लागि राजन श्रेष्ठको ह्याट्रिक सहित,प्रणव राणामगरले २,सुसन महर्जन,मनिस खडका र करन साउदले १/१ गोल गरे । चन्द्रागिरिले अब क्वाटर फाइनलमा एक्सन नेपाल र सिद्धलेख गाउपालिका बिच भइरहेको खेलको बिजेता संग खेल्ने छ ।खेल आजै साँझ हुनेछ ।प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारी,अस्पतालका कर्मचारी,नगरप्रहरी र प्रविधिक सम्मिलित १२ जनाको फुटसल टिम धादिङ्गमा जारी प्रतियोगितामा सहभागी भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय