काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नयाँ नैकापले जेष्ठनागरिक पुख्र्यौली शिप ताजगी तथा पुस्तान्तरण कार्यक्रम गरेको हो । जेष्ठ नागरिक (आमा–बुवा) आराम घरको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
जेष्ठ नागरिकका पुख्र्यौली शिपलाई ताजगी गर्दै उक्त शिप पुस्तान्तरण गर्ने उद्देश्य अनुरुप भएको कार्यक्रममा दुना टपरी गाँस्ने,बत्ती काट्ने,चकटी बुन्ने लगायतका कार्य गरिएको हो । अहिलेको नयाँ पुस्ता यस्ता शिपसंग परिचित नहुँदा पुख्र्यौली शिप हराउदै गएको यथार्थलाई बुझि वडाले जेष्ठनागरिकका यस्ता शिपलाई ताजगी गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरेको हो ।
चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठले यस्ता कार्यक्रमले आर्थिक आय–आर्जनमा समेत टेवा पुग्ने बताईन । शिपको सहि उपयोग गर्ने बानीले स्वास्थ्य अवस्थामा समेत सकारात्मक परिणाम दिने उनको भनाई छ ।उनले भनिन ‘यस्ता कार्यक्रमले अहिले एकाङ्की जिवन बित्दै गएको समाजमा जेष्ठ पुस्ता र नयाँ पुस्ता बिचको मायामा अन्तरघुलन हुन्छ ।’
वडाले जेष्ठ नागरिक दिवा सेवामा यस्ता शिपमुलक कार्यक्रमलाई आयआर्जन संग जोडने उद्देश्य समेत राखेको वडाध्यक्ष राजभाई महर्जनले बताए । यस्ता कार्यक्रमलाई निरञ्तरता दिने र विस्तार गर्ने योजना वडा कार्यालयको रहेको उनले बताए । शिकेका शिपलाई व्यवहारमा उतार्न विद्यार्थीलाई अनुरोध गर्दै जेष्ठ नागरिकले नयाँ पुस्तालाई शिप शिकाईदिएको भन्दै उनले आभार प्रकट गरे ।
आफुले सिकेका शिप नयाँ पुस्तालाई सिकाउन पाउदाँ जेष्ठ नागरिक पनि दंग देखिन्थे । उनीहरु भन्दै थिए ‘नयाँ पुस्ताले यस्ता कार्य आफैले गरिदिए दुना टपरी,धुप–बत्ती,चकटी लगायतको समान खरिद गर्नु पर्दैन्थ्यो ।’
कार्यक्रममा सहभागी नयाँ पुस्ताका विद्यार्थीहरुले आफुले बनाएका सामान हेर्दे आफै मख्ख थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय