काठमाडौं । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ ।
दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको छ । दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन ।सो भवन पहिल्यै खाली गराइएको थियो ।
साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय