काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थित सतुङ्गल बल्खुपुलमा मंगलबार बिहान करिब पौने ३ बजे एउटा कारमा आगो लागेको हो ।
कलंकी–नागढुंगा सडक खण्डअन्तर्गत सतुङ्गल बल्खुपुलमा आगलागीका कारण उक्त कार जलेर ध्वस्त भएको छ । बी एए २८३६ नम्बरको कार जलेर नष्ट भएको हो । कारमानै सवार भएर आएका २ जनाले आफैले कारमा आगो लगाई फरार भएको प्रहरीको प्ररम्भिक अनुसन्धानमा देखिएको छ । थप अनुसन्धान र खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
सडकमानै आगो लागेका कारण केहीबेर सडक अवरोध भएको थियो । आगो निभाई ध्वस्त कारलाई पन्छाइएपछि सडक सुचारु भएको थियो ।

