काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आर्थिक वर्ष २०७७ साल देखी गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) सञ्चालनमा रहेको छ ।

प्रकृया र प्रभावकारीतालाई मध्यनजर गर्दै नेपाल सरकारले मेड्पा कार्यक्रम सञ्चालनको लागि वजेट विनियोजन गर्दै आईरहेको छ । नगरपालिकामा पनि कार्यक्रमको नतिजा परिणाम भएको भन्दै आ.व. ०८०/०८१ साल देखी मेड्पा कार्यक्रमलाई वजेट विनियोजन भएको छ ।

उद्यम विकास समितिद्वारा छनौट भएको विभिन्न वडाहरुमा (मेड्पा) कार्यक्रम सञ्चालन गरिएको थियो । पहिलो वर्ष वडा नं ३ देखी वडा नं. ७ सम्म छनौट गरीएको थियो । दोस्रो वर्ष वडा नं १,८,९,१०,११,१३ र १४ छनौट गरीएको थियो। तेस्रो वर्ष वडा नं २,८,१२,१३,१४ र १५ छनौट गरीएको थियो भने चौथो वर्ष देखी यस कार्यक्रम १५ वटै वडामा सञ्चालन हुने गरि लागु गरिएको छ ।

सुरुका तिन आ.व. वर्ष सम्म सेवा प्रदायक संस्था जनअधिकार महासंघ नेपाल र सहयोगी नेपालद्वारा सिप विकास तालिम सञ्चालन गरिएको थियो । आ.व. ०८०/०८१ बाट नगरपालिकावाट कार्यक्रम सञ्चालन गरिएको थियो ।

मेड्पा कार्यक्रम अन्तगर्त गुडिया बनाउने, कृषि, पशुपालन, सिलाई कटाई, व्युटिपार्लर,धुप बाट्ने, लाखामरी, अचार,फेब्रिक माला, होमस्टे, झोला, पर्स ,फूलखेति,सेनेटरी प्याड, झोला,सावुन,सरफ,हर्पिक,कोलोन,फिनेल,ह्यान्डवास,लाइजोर,चुरापोते,भटमासको परिकार बनाउने तालिम,व्रिकेट बनाउने तालिम ,कपाल काटने तालिम,फ्रोजन मःमः बनाउने तालिम,मकैको खोस्टाबाट बन्ने सामाग्री,काष्ठकला सिप विकास तालिम,टिकामा बुट्टा भर्ने तालिम,गड्यौला मल बनाउने तालिम सहित २३ वटा विधामा तालिम दिईदै आईएको हो ।

उद्यमशिलताको माध्यमवाट उद्यमी सिर्जना गरी रोजगारी एवम् स्वरोजगारीका अवसहरु सिर्जना गरी उनीहरुको आय आर्जनमा टेवा पुर्याइ मागमा आधारित सिप विकास तालिम दिनुका साथै समुहमा प्रविधि हस्तान्तरण गरिनुका साथै बजारीकरणमा सहयोग गरी, लघु ऋणमा पहुँचको लागि सहजिकरण गरि व्यवसायिक परामर्श सेवा प्रदान गर्ने उद्देश्य समेत कार्यक्रमको रहेको छ ।

जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यका साथ संचालित कार्यक्रमबाट २०७८ साल देखि २०८२ साल सम्म ३ सय ८० जनाको लागि सिप विकास तालिम दिईएको छ । हाल १ सय ९५ जना लघु उद्यमी सम्बन्धित सिप लिईएको व्यवसायमा संलग्न रहेका छन भने १ सय ५० जनाले व्यवसाय दर्ता भई सम्बन्धित संलग्न व्यवसायमा कार्यरत रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय