काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घले राष्ट्रिय रेफ्री अनुशिक्षण सेमिनार आयोजना गर्न लागेको हो ।

२०८२ साल चैत २८ गते, कीर्तिपुर, काठमाडौँमा राष्ट्रिय रेफ्री अनुशिक्षण सेमिनार आयोजना गर्न लागेको नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घले जानकारी दिएको छ । विभिन्न राष्ट्रिय प्रतियोगिताहरूलाई मध्यनजर गर्दै खेल प्रतियोगिताको स्तर सुधार तथा उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सेमिनार आयोजना गरिएको हो ।

 

कार्यक्रममा महासङ्घसँग आबद्ध सम्पूर्ण संघ/संस्थाहरूको सक्रिय सहभागिता रहने अपेक्षा राखिएको छ ।महासङ्घको विकास, विस्तार तथा सुदृढीकरणमा सेमिनारले योगदान पु-याउने विश्वास समेत लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय