काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य सेवामा २५ वर्ष सेवा पुरा गरेका स्वास्थ्य कर्मीलाई दिर्घ सेवा पदकबाट सम्मान गरेको छ ।
स्वास्थ्य सेवामा लामो समयदेखि समर्पित रही अतुलनीय योगदान गरेको भन्दै नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच दिर्घ सेवा पदक प्रदान गरेको हो । दिर्घ सेवा पदक र कदरपत्र द्वारा २९ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन ।
त्यस्तै, नगरपालिकाले चन्द्रागिरि स्वास्थ्य दर्पण २०८२ पुस्तक बिमोचन समेत गरेको छ । नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन ।चन्द्रागिरि नगरपालिकाकै ११ सदस्यीय प्रविधीक समुहले पुस्तक तयार गरेको हो ।
१ सय २७ पृष्ठको चन्द्रागिरि स्वास्थ्य दर्पण २०८२ मा नगरपालिकाले अवलम्वन गरेको स्वास्थ्य प्रणाली,जनस्वास्थ्य सेवाका कार्यक्रमहरु जस्तै राष्ट्रिय खोप कार्यक्रम,पोषण कार्यक्रम,सामुदायिक स्वास्थ्य कार्यक्रम,बिद्यालय नर्स कार्यक्रम जस्ता बिषय समावेश गरिएको छ ।
त्यस्तै उपचारात्मक सेवा कार्यक्रम,स्वास्थ्य शहर कार्यक्रम,स्वास्थ्य बीमा कार्यक्रमहरुको अवस्था लगायतका बिषय तथ्यांकगत रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय