काठमाडौं । चन्द्रागिरि नगरपालिकामा AIR AND NOISE POLLUTION MONITORING SYSTEM जडान भएको छ । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले आज सोमबार उक्त प्रविधीको शुभारम्भ गरेका हुन ।
नगरप्रमुख गिरीले वायु गुणस्तर र ध्वनीको अवस्थाको जानकारी दिने यो प्रविधीले नगर क्षेत्रको वायु र ध्वनीको अवस्था हेरी निति तर्जुमा र योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले स्वच्छ हावा प्रप्तीका लागी नगरपालिकाले बिबिध कार्यक्रम गरेको बताउदै वडागत तहले समेत कार्यक्रम अवलम्बन गरेको जानकारी दिए । वायु प्रर्दुशण न्युनिकरणका लागि समय समयमा चन्द्रागिरि नगरक्षेत्र भएर गुडने सवारी साधनको वायु परिक्षण गर्ने गरिएको जानकारी दिदै यो प्रविधीले वास्तविक डाटा संकलन गर्न सहजिकरण गर्ने बिश्वास व्यक्त गरे ।
चन्द्रागिरि नगरपालिकाको नागढुङ्गा,नगरपालिकाको प्रशासकीय भवन बलम्वु र तिनथानाको बिष्णुदेवी मन्दिर परिसर गरी ३ स्थानमा प्रविधी जडान गरिएको हो । पाँच लाख रुपैयाँको लागतमा जडान गरिएको उक्त प्रविधीको बजेट नपुगेका कारण नागढूङ्गा र बिष्णुदेवी मन्दिरमा भने MONITORING BOARD जडान भैनसकेको बताईएको छ र यद्धपी apps बाट भने उक्त स्थानको वायु र ध्वनीको अवस्थाको जानकारी पाईने चन्द्रागिरि नगरपालिकाको वातावरण शाखाले जनाएको छ ।
शुभारम्भ कार्यक्रममा नगरप्रमुख गिरीको साथ उपप्रमुख बसन्ती श्रेष्ठ,प्रमुख प्रशासकीय प्रमुख जगदिश चन्द्र नेपाली, बिभिन्न शाखाका शाखाप्रमुख,जनप्रतिनिधी,कर्मचारी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय