काठमाडौं । चन्द्रागिरि नगरपालिकाले मेडपा कार्यक्रमको आर्थिक सहयोगमा ४० जना युवा युवतीलाई कपाल काटने तालिम दिएको हो ।

 

तालिम लिईरहेका उनीहरु अहिले बिभिन्न बिद्यालय,आश्रमहरुमा गएर कपाल काटीरहेका छन । बिहीबार उनीहरुले चन्द्रागिरि –१५ स्थित बिष्णुदेवी शिक्षा सदनका बिद्यार्थीहरुको कपाल काटीरहेका थिए । चन्द्रागिरि नगरपालिकाका कार्यबाहक नगरप्रमुख बसन्ती श्रेष्ठले उक्त तालिम अन्तर्गतको कपाल कटाईको अनुगमन गर्दा चन्द्रागिरि मेट्रोको टिम पनि संगै थियो ।

 

अनुगमनका क्रममा श्रेष्ठले नेपालमानै बसेर युवा भाईबहिनीले स्वरोजगार प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ तालिम दिएको बताईन ।तालिम पश्चात पसल खोल्न चाहानेलाई नगरपालिकाले आर्थीक तथा प्रविधिक सहयोग गर्ने उनको प्रतिबद्धता रहेको छ । यसै कार्यक्रम अन्तर्गत पहिला तालिम लिएर हाल प्रशिक्षक समेत बनेको उदाहरण दिदै उनले भनिन ‘सिप सिकौं स्वरोजगार बनौं नगर क्षेत्रमा नै बसेर आर्थिक रुपमा सबल बनौ ‘।

तालिम लिइरहेकाहरुले आफ्नो अनुभव सुनाउदै भने ‘सुरुमा केही अफ्ठेरो लागेको थियो अहिले रमाइलो भइरहेको छ । कैँची समेत समाउन नआउने अवस्था देखि अहिले सिप सिक्दै निखारीदै पसल खोल्न सक्ने अवस्था सम्म आईपुगेका छौं । अहिले बेसिक तालिम लिएका छौ अब नगरले एडभान्स तालिमको व्यवस्था गरिदिए व्यवसायीक रुपमा काम अगाडि बढाउन सकिन्थ्यो’ ।एक तालिममा सहभागीले बिदेश जाने योजना रहेको सुनाउदै सिकेको सिपले बिदेशमा समेत सिकेको सिपले व्यबसाय गर्न सक्ने भन्दै आत्म बिश्वास बढेको बताइन ।

नगरपालिकाले मेडपा कार्यक्रम अन्तर्गत आर्थिक सहयोगमा दिईएका अचार बनाउने,साबुन सरफ बनाउने,हस्तकला सम्बन्धी लगायत धेरै प्रकारका तालिमले चन्द्रागिरि नगरक्षेत्रका धेरैले सिप सिकेका छन । कत्तिपयलेत आफ्नै व्यबसाय समेत संचालन गरि स्वरोजगार र आत्म निर्भर समेत बनिसकेका छन ।

https://www.facebook.com/share/v/1ApiEZd2Cv/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय