काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते सांसदमा दिएको नेपालले पनि भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्त्ती बिरुद्ध चन्द्रागिरिका पाँच वाम घटकले संयुक्त विज्ञप्ती जारी गर्दै शाहलाई सिमा,शन्धि सम्झौता सम्बन्धी २ पुस्तक अध्ययन गर्न चन्द्रागिरि नगरपालिका मार्फत प्रधानमन्त्री कार्यालयमा पुस्तक पठाएका हुन ।
बिहीबार चन्द्रागिरि नगरक्षेत्रका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टी ले बिरोध प्रदर्शन सहित चन्द्रागिरि नगरपालिकाका कार्यवाहक नगरप्रमुख बसन्ती श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका हुन । प्रधानमन्त्रीको अभिव्यक्तिहरूले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतामा आँच पुर्यायको भन्दै नेपाल–भारत सीमा विवादसम्बन्धी ऐतिहासिक तथ्य र प्रमाणहरू समेटिएका दुईवटा पुस्तकहरू (‘Nepal-India Border Disputes’ र ‘Mahakali and Susta’)अध्ययनका लागि नगरपालिकाका मार्फत प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गरेका हुन ।
प्रधानमन्त्रीले नेपाली नागरिकको भावना अनुरुप अभिव्यत्ती नसच्चाएसम्म आन्दोलन अझ उन्नत र तीव्र गतिमा अघि बढने समेत पाँच वाम घटकद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ । आन्दोलनले सिर्जना गर्ने जिम्मा प्रधानमन्त्रप् बालेन्द्र शाहले नै लिनुपर्ने समेत भनिएको छ । विज्ञप्तीमा नेकपा एमाले चन्द्रागिरि नगरकमिटी अध्यक्ष उत्तमबहादुर राउत,नेपाली कम्युनिष्ट पार्टी चन्द्रागिरि नगर कमिटी अध्यक्ष गोपी सुर्खेती,नेपाल कम्युनिष्ट पार्टी माओवादी सेक्रेटरी श्याम सी,राष्ट्रिय जनमोर्चा चन्द्रागिरि नगर कमिटीका रोशन दानी र इन्चार्ज क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका चन्द्रागिरि नगर कमिटीका सुरेश लामाको हस्ताक्षर रहेको छ ।
पुस्तक हस्तान्तरण अघि उनीहरुले चन्द्रागिरि नगरपालिकाको प्रशासकिय भवन अगाडि नेपालले सिमा मिचेको छैन,राष्ट्रिय स्वधिनताको रक्षा गरौ लगायतका नारा लगाएका थिए । साथै लेण्डुपहरुको देश हुन्न,लिम्पीयाधुरा हाम्रै हो,सुस्ता सबै हाम्रै हो लेखिएका प्लेकार्ड र कालो पट्टी बाधेर बिरोध जनाएका थिए ।

