काठमाडौं । देशैभरका स्थानिय तहहरु आर्थिक बर्ष २०८३/८४ को बजेट निर्माणमा अघि बढी सकेका छन । यसै परिपेक्षमा चन्द्रागिरि नगरपालिका पनि बजेट निर्माणमा अघि बढी सकेको छ ।

त्यसो त तिन बर्ष अघि प्रक्षेपण गरिएको आर्थिक बर्ष २०८३/८४ को बजेट ३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । सोचे अनुरुपका श्रोतहरु सुनिश्चित हुन नसक्दाँ प्रक्षेपण गरिए अनुरुपको बजेटको आकार हुने अवस्था देखिदैन र पनि नगरपालिकाले आर्थिक बर्ष २०८३ /८४ को बजेट ३ अर्ब १५ करोड भन्दा माथीको बनाउने आकलन भने गरिएको छ ।

नगरपालिकाले बिगत लामो समयदेखि रोकिएका र पुरा हुन नसकेका योजनाहरु बजेटको प्रथमिकतामा पर्न सक्नेछन । आगामी बर्ष स्थानिय तहको निर्वाचन हुने भएकाले पनि नगरप्रमुख घनश्याम गिरीको २ कार्यकालमा बनाईएका कतिपय योजनाहरु सम्पन्न गर्ने गरे बजेट आउने छ ।

त्यसोत सडक बत्ती तथा सिसिक्यामेरा मर्मत सुधार, अव्यवस्थित तार व्यवस्थापन, सडक सौन्दर्यता, पार्क मन्दिर तथा सार्वजनिक स्थल सौन्दर्यता, बजेटको प्रथमिकतामा पर्नेनैछन । साथै विद्युतीय सुशासनका लागि GPS/GIS सहित डिजिटल सेवा सम्वन्धी अभिमुखीकरण, स्वस्थ्य शहर (Healthy City), UNOPS City for Women कार्यक्रम आगामी आ.व.मा सम्पन्न हुने गरी वजेट विनियोजन हुनेछ ।

 

त्यस्तै चन्द्रागिरि नगरअस्पताल संचालन,चन्दन भराट्टेश्वर मन्दिर परिसरका भौतिक संरचना र नगर गौरव आयोजनाका नैकाप फुटबल मैदान,मातातीर्थ मन्दिर,मच्छेनारायण मन्दिर,बिष्णुदेवी मन्दिर,इन्द्रदह क्षेत्र स्तरउन्नतीका बिषयले पनि बजेटमा प्राथमिकता पाउने छ । साथै चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ५ र ७ को वडा प्रशासनिक भवन निर्माण पनि प्रथमिकतामा नै पर्नेछ । अन्य नियमित भै आएका योजनाहरु समावेश हुनेनै छन । स्थानिय तहमा आफ्नो कार्यकालको अन्तिम बर्ष भएका कारणले पनि नगरप्रमुख घनश्याम गिरीको देखिने र परिणाम मुखी योजना र बजेट बिनियोजन आर्थिक बर्ष २०८३/८४ को मुख्य उद्देश्य रहने बिश्लेषण गरिएको छ ।

यद्धपी महत्वाकांक्षी योजना र कार्यक्रमसहित बजेट प्रभावकारी कार्यान्वयन भने चुनौतीपूर्ण बन्ने छ । विभिन्न प्रशासनिक, प्राविधिक र आर्थिक समस्याले अपेक्षित नतिजा हासिल गर्न भने कठिनाइ हुनेछ । विकास निर्माणका योजनाहरू समयमै सम्पन्न नहुनु, सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलाइ, आवश्यक जनशक्तिको अभाव तथा विभिन्न निकायबीचको समन्वय कमजोर हुनु बजेट कार्यान्वयनका प्रमुख चुनौती हुन् । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा समानीकरण रकम ढिलो प्राप्त हुँदा कतिपय योजनाको कार्यान्वयन प्रभावित हुने गरेको छ। राजस्व संकलन लक्ष्यअनुसार हुन नसक्दा आन्तरिक स्रोतमा आधारित कार्यक्रमहरू समेत प्रभावित हुने छ।

नगरपालिकाले चालु आर्थिक बर्ष २०८२/८३ मा २ अर्ब ९३ करोडको बजेट बनाएको थियो । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले घाटा बजेट नबनाउन सुझाव दिएका थिए ।यद्धपी लोकतान्त्रीक पद्धतीको अवलम्वन गर्दै बहुमतिय प्रक्रियाका साथ बजेट पास भएको थियो ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले बजेट अधिवेशनको नगरसभा बहिस्कार समेत गरेका थिए ।नगर उप प्रमुख बसन्ती श्रेष्ठले बजेट बाचन नगरेपनि उक्त परम्परा समेत तोडेर नगरप्रवक्ताले बजेट भाषण गरेका थिए । यस बर्ष भने के/के हुनेछ भनेर नगरबासीमा बजेटको चासो समेत बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय