काठमाडौं । चन्द्रागिरि नगरपालिकामा बुधबार आदिवासी जनजाति आयोगले मातृभाषा संरक्षणमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।
चन्द्रागिरि नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा नेपालमा चलन चल्तिका १ सय २४ भाषा रहेकोमा २५ वटा भाषा लोप भईसकेर हाल ९३ वटा भाषा मात्रै प्रचलनमा रहेको जानकारी दिईएको हो । मातृभाषा संरक्षणमा स्थानीय तहले बिबिध कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा ध्यानाकर्षण समेत गराइएको थियो । स्थानिय तहले आदिवासी मातृभाषा संरक्षणका लागि बिद्यालय शिक्षा सम्बन्धमा प्रारम्भिक बाल विकास तह देखिनै मातृभाषामा आधारीत बहुभाषिक शिक्षा पद्धतिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिईएको छ ।
त्यस्तै, स्थानिय भाषा नीति निर्माण र कार्यान्वन ,स्थानिय प्रज्ञा प्रतिष्ठानको स्थापना ,अन्तर भाषा,अन्तर्सास्कृतिक आदानप्रदानका बिषय कार्यान्वयन गनुपर्ने ध्यानाकर्षण गराईएको हो । स्थानिय तहले हरेक मातृभाषालाई लागत आधार मानेर कार्यक्रम तथा बजेट बिनियोजन गर्नुपर्ने ,योजना,कार्यक्रम र लगानी प्रणालीको अवलम्बन गर्नुपर्ने जानकारी गराईएको हो ।
भाषिक अनुगमन र मुल्याङकन,कार्य सम्पादन परिक्षण,भाषाको संरक्षण र विकासका लागि सहयता लगायतका बिषय समेटेर कार्यनीति र रणनीति बनाउनुपर्नेमा सचेत गराईएको हो ।स्थानिय तहका साइनबोर्ड लेटरप्याड र छापको नमुना विकास गर्ने,भाषिक पुस्तान्तरण,शब्दकोष,व्याकरण र साहित्यमा जोड दिने, बहुभाषिक डेक्स खडा गरी सम्पर्क वा संयोजक तोक्ने र वडा पालिकामा अनुवादको व्यवस्था,भाषा अनुवादक तालिम र सेवा प्रवाह गरिनु पर्ने भनिएको छ ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले भाषा संरक्षणका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेपनि कार्यान्वयनमा आउन नसकेको बताए । यद्धपी प्राथमिक शिक्षा पाठ्यक्रम बनाईरहेको जानकारी गराउदै यस्ता अन्तरक्रिया कार्यक्रमले बिषयबस्तुको प्रष्टता हुने र सोही अनुरुप खाका तयार गर्न सहज हुने बताए ।नगरपालिकाले आदिवासी भाषा संरक्षण र विस्तारीकरणमा तामाङ्ग भाषा र नेवारी भाषा शिकाई व्यवस्थापन गरेको बताए ।
आदिवासी जनजाती आयोगले संस्कृति मन्त्रालयमा अभौतिक सास्कृतिक सम्पदा सुचिकरण हुने गरेको भन्दै चन्द्रागिरि नगरपालिका आफैमा ऐतिहासीक सास्कृतिक नगरी भएको भन्दै नगरक्षेत्रका सास्कृतिक सम्पदा सुचिकरण गर्न सुझाव समेत दिईएको छ ।
https://www.facebook.com/share/v/14dFLvm8477/

