काठमाडौं । प्रजनन स्वास्थ्य रुग्णताका बिभिन्न प्रकार मध्येको एक हो -पाठेघर खस्ने समस्या,पाठेघरको मुखको क्यान्सर ।
नेपालमा प्रत्येक बर्ष २ हजार २ सय ४४ जना पाठेघर खस्ने समस्या वा पाठेघरको मुखको क्यान्सरका नयाँ विमारी देखिने गरेका छन भने बार्षिक १ हजार ४ सय ९३ जनाको यसै रोगका कारण मृत्यु हुने गरेको छ ।औषतमा प्रत्येक दिन ४ जना महिलाको यसै रोगका कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । विश्व व्यापी रुपमा हेर्दा हरेक बर्ष ५ लाख ७० हजार महिलालाई पाठेघर खस्ने समस्या,पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने ३ लाख ११ हजार महिला यसै कारणबाट मृत्यु बरण गर्न बाध्य छन ।
सन २०३० सम्म यस रोगका बिरामी हरेक बर्ष ७ लाख पुग्ने अनुमान छ भने ४ लाख महिलाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सरको रुपमा हेरिएको छ र यसका ८८ प्रतिशत विरामी र मृत्यु हुनेको संख्या न्युन आय र मध्यम आए भएका देशहरुमा देखिएको छ ।
यसै परिपेक्षमा मंगलबार बागमती प्रदेश सरकार जनस्वास्थ्य कार्यालय काठमाडौंको आयोजना र चन्द्रागिरि नगरपालिकाको समन्वमा चन्द्रागिरि –८ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा अन्तरक्रिया कार्यक्रम भएको हो । प्रजनन स्वास्थ्य रुग्णताको बारेमा जनप्रतिनिधी,स्वास्थ्यकर्मी,संचारकर्मी लगायत सरोकारवालाहरुसंगको अन्तरक्रियामा पाठेघर खस्ने समस्या,पाठेघरको मुखको क्यान्सर के हो ?यसका लक्षणहरु के कस्ता हुन्छन ? यसबाट बच्ने उपाय के हो ? लगायतका बिषयमा दिईएको जानकारी “जस्ताको तस्तै”

