काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को एक बाटो अहिले चर्चामा छ । सतुंगल–मातातीर्थ देउराली हेटौंडा जाने बाटोको काँभ्राबोट सडक खण्डबाट एउटा बाटो बाँयाँ तर्फ मोडिएर जंगल क्षेत्र हुदै अगाडि गएको देखिन्छ ।

चन्द्रागिरि ८ स्थित बंंम्बुडाँडा सामुदायीक बन उपभोक्ता समितिको मातहतमा पर्ने उक्त जंगल क्षेत्रका रुख कटान गरी बाटो विस्तार भएको देखिएपछी अहिले उक्त बाटो चर्चामा आएको हो । बंंम्बुडाँडा सामुदायीक बन उपभोक्ता समितिको मातहतमा पर्ने उक्त जंगल क्षेत्रबाट करिव ५ सय मिटर कच्ची मोटर बाटो बनेको र बन क्षेत्रका रुखहरु कटान भएको छ ।

उक्त क्षेत्र राष्ट्रिय बन क्षेत्रनै भएको निक्र्योल सहितको पत्र बंंम्बुडाँडा सामुदायीक बन उपभोक्ता समितिमा आएको र त्यस्को जानकारी चन्द्रागिरि नगरपालिका र सरोकारवाला चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को कार्यालयमा समेत उक्त ठाउँमा भौतिक निर्माण कार्य नगर्नु नगराउनु हुन आवश्यक सहयोग गरिदिनुहुन अनुरोध सहितको पत्र प्रेशित भईसकेको हो ।

यद्धपी गैरकानुनी रुपमा सोही बाटो प्रयोग गरी डोजर प्रयोग गर्ने कार्य नरोकिएपछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेताहरुले उक्त स्थानको भ्रमण गरेका हुन । अनुगमन भ्रमणका क्रममा बन क्षेत्र प्रयोग गरी गैर्ह कानुनी रुपमा बाटो बनाएको र रमाइलो हिल्स हाउजिङ एण्ड ल्याण्ड डेभलोपर्सले जग्गा प्लानिङ्ग गर्दा बन क्षेत्र र तत्लो बस्ती जोखिममा परेको निस्कर्ष रास्वपाका नेताहरुले निकालेका छन ।

गैरकानुनी कार्यका लागि सहजीकरण गर्ने निकायलाई कानुनी कारवाहीका लागी आवश्यक पहल गर्ने भन्दै उनीहरुले डिभिजिनल बन अधिकृत पुष्पराज बर्तौलालाई सम्पर्क गरी बन क्षेत्रमा भएको अतिक्रमण बिरुद्ध आवश्यक कानुनी कदम चाल्न समेत अनुरोध गरेका छन ।

 

पछिल्लो समय नयाँ सरकार बने संगै सार्वजनिक जग्गा संरक्षण र सामुदायिक बन क्षेत्रमा हुने गरेको मनोमानी बिरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुन थालेको परिवेशमा देशकै राजधानी काठमाडौंकै सामुदायिक बन क्षेत्रको जमिनलाई बाटो कायम गरी सिफारीस गर्ने निकाय, बन क्षेत्र संरक्षण गर्न नसक्ने सामुदायिक बन उपभोक्ता समुह र बन मास्ने र आफुखुशी एकलौटी प्रयोगका लागी बाटो बनाउने निजी कम्पनी माथी के कस्तो कारवाही हुनेहो त्यो भने चासोको बिषय बनेको छ ।

https://www.facebook.com/share/v/1Aa76mi5ym/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय