काडमाडौं । आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जन्मीयदेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन भएको हो ।चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले अभियानलाई सफल बनाउन र खोप लगाउन कोहिपनि नछुट्ने गरि व्यबस्थापन गर्न स्वास्थ्य शाखालाइ निर्देशन दिएका छन ।अभियानलाइ सफल बनाउन चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा अन्तरर्गत रहेका १ सय ४९ स्वास्थ्य स्वयं सेवकहरु परिचालन भएका छन । उनिहरुले घरघरमा गई ५ वर्ष मुनिका बालबालिकालाइ खोप दिनेछन साथै बालबालिका धेरै हुने स्थान स्कुल, शिशु स्याहार केन्द्र लगायतमा पनि स्वयंसेवक हरु गई खोप दिने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख शम्भु महत्तोले जानकारी दिए । ४० वर्ष देखि संचालनमा रहेको पोलियो खोप पुर्ण सुरक्षित रहेको र खोप लगाएका लाई पोलियो हुने सम्भावना कम रहेको महत्तोले बताए ।

चन्द्रागिरि नगरपालिकामा केहि समय अघि १३ हजार २ सय २२ को संख्यामा ५ वर्ष मुनिका बालबालिका रहेकोमा अहिले करिव १४ हजारबालबालिका रहेको स्वास्थ्य शाखाको अनुमान छ । नियमित खोपमा पोलियो खोप दिइएको भएतापनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिनु पर्दछ । विशेष पोलियो खोप अभियान श्रावण १२ गते सम्म संचालन हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय