काठमाडौं । वुमेन्स साफ च्याम्पियसिप २०२४ मा सहभागी हुन पाकिस्तानकोे टिम काठमाडौं आइपुगेको छ ।
आइतबार मध्य रात पाकिस्तानकोे टिम नेपाल आइपुगेको हो ।पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र उसले लिग चरणमा भारत र बंगलादेश संग प्रतिष्पर्धा गर्ने छ ।बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तानले पाँच पल्टको च्याम्पियन भारतको सामना गर्नेछ ।समूह ‘बी’ मा आयोजक नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् । माल्दिभ्स आज काठमाडौं आइपुग्नेछ ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भारत र श्रीलंका मंगलबार आइपुग्नेछन् भने भुटान बुधबार मात्रै आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय