काठमाडौं। महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।
प्रतियोगिता यूएईमा आयोजना हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहनेछ भने खेल कार्तिक १९ देखि २९ गते सम्म आयोजना हुँदैछ।
नेपाली टोलीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी रहेका छन्।

