काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई एलिमिनेटरमा २१ रनले पराजित गर्दै क्वालिफायर २ मा स्थान सुरक्षित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउन असफल चितवनले १४६ रन मात्रै बनाउन सक्यो ।
अब कर्णालीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको क्वालिफायर १ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

